सेन्ट्रल पब्लिकलाई हराउँदै बब्लु जेम्स दशैँ फुटबल टुर्नामेन्ट–२०७४ को सेमी फाइनलमा

काठमाडौं, भाद्र २५ ।
नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं. ७ को मुख्य आयोजनामा जारी ‘दशैँ फुटबल टुर्नामेन्ट–२०७४’ अन्तर्गत शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित धोबीचौरमा भएको पहिलो क्वाटर फाइनल खेलमा बब्लु जेम्स फुटबल क्लबद्वारा सेन्ट्रल पब्लिक स्कूल पराजित भएको थियो ।
शनिबार साझ भएको खेलमा सेन्ट्रल पब्लिक स्कूललाई १५–४ को फराकिलो गोलअन्तरले हराउँदै सेमी फाइनलमा पुग्ने पहिलो टिम भएको छ ।
उक्त खेलमा बब्लु जेम्स फुटबल क्लबका लागी सिजन गुरुङले ७ गोल गर्दै प्रतियोगितामा अहिलेसम्म कै सर्वाधिक १२ गोल गर्न सफल भएका छन् । त्यस्तै, बब्लु जेम्सका लागी सञ्जिबले ह्याट्रिक गरे भने सुभास उप्रेतिले दुई गोल, अनिस लम्साल र सागर लामाले एक एक गोल गरेका थिए । त्यस्तै गरी सेन्ट्रल पब्लिक स्कूलका एक खेलाडीले आत्माघाती गोल गर्दा कूल १५ गोल पुगेका थिए ।
सेन्ट्रल पब्लिक स्कूलका लागी सुगन महर्जनले ह्याट्रिक गरे भने सुजन थापाले एक गोल गरेका थिए । सेन्ट्रल पब्लिकका खेलाडी साङ्गे गुरुङले दुई वटा पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
प्रतिक्रिया