हेरिटेज नेपाललाई हराउँदै ताम्रकार फुटसल प्रतियोगिता २०७४ को उपाधि सिटी हयाण्डीक्राफ्टलाई (फोटो फिचर)

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार १७:५०


काठमाडौं, भाद्र २५ ।
ताम्रकार समाजको आयोजनामा जारी दोस्रो फुटसल प्रतियोगिता २०७४ को उपाधि सिटी हयाण्डीक्राफ्टले हात पारेको छ । गत भाद्र १७ गते तथा २४ गते भएको उक्त प्रतियोगिताको फाइनल खेलमा सिटीले हेरिटेज नेपाललाई शुन्यका विरुद्ध एक गोलले पराजित गरी उपाधि हात पारेका हुन् ।

सोहि दिन भएको सेमी फाइनलमा सिटीले ताम्र मेटललाई ६–१ तथा हेरिटेजले बंगलामुखी फर्निचरलाई ४–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।

उक्त प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । सोही दिन अण्डर १४ का खेलाडीहरूको फुटसल तथा महिलाहरूको फुटसल पनि खेलाईएको थियो ।

विजयी खेलाडीहरू तथा प्रायोजकहरूलाई महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ निरिक्षक गणेश बहादुर ऐर, समाजका अध्यक्ष रविन्द्र राज ताम्रकार, राष्ट्रिय गोलकिपर प्रशिक्षक उज्वल मानन्धर तथा समाजका युवा तथा खेलकुद संयोजक सजेश ताम्रकारले ट्रफी, मेडल, नगद पुरस्कार तथा प्रमाण पत्र, कदर पत्र प्रदान गरेको थियो ।

खेलमा प्रतियोगिताका उत्कृष्ट खेलाडी अनिश ताम्रकार, उत्कृष्ट गोलकिपर सनिध्य चित्रकार, शिर्ष गोलकर्ता लिउसन राजकर्णिकार तथा प्रेसिडेन्ट च्वाइस खेलकडी श्रेयस ताम्रकार बनेका थिए । विजयी तथा उप विजयी टिमले आफूहरूले प्राप्त गरेको नगद पुरस्कार समाजको युवा तथा खेलकुद उप समितिबाट विभिन्न कार्यक्रमहरू गर्नका लागी समाजका अध्यक्ष ताम्रकारलाई हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....