दिव्य शान्तिलाई हराउँदै जेएफसी ‘दशैँ फुटबल टुर्नामेन्ट-२०७४’ को सेमिफाइनलमा

काठमाडौं, भाद्र २६ ।
नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं. ७ को मुख्य आयोजनामा क्षेत्रपाटीको धोविचौर स्थित फुटबल मैदानमा जारी रहेको ‘दशैँ फुटबल टुर्नामेन्ट-२०७४’ अन्तर्गत भएको क्वाटरफाइनल खेलमा दिव्य शान्तिलाई हराउँदै जेएफसी सेमिफाइनमा प्रवेश गरेको छ। सोमबार साँझ भएको क्वाटरफाइनल खेलमा दिव्य शान्तिलाई २ को बिरुद्ध ५ गोलले हराउँदै जेएफसीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ। जेएफसीका लागि संगमले २ गोल गरेका थिए भने सन्दीप, डेविड लिम्बू र सुरजले १-१ गोल गरेका थिए ।
त्यस्तै, दिव्य शान्तिको तर्फबाट सुदिप लामाले १ गोल गरेका थिए भने अर्को गोल जेएफसीका गोल रक्षक अभिषेक खत्रीले आत्मघाती गोल गर्न पुगेका थिए ।
मंगलबार साँझ हुने तेश्रो क्वाटरफाइनल खेलमा पकनाजोल फुटबल क्लब र बी एण्ड बी इन्टरप्राइजेज सेमिफाइनलको लागि भिड्ने छन्। तेश्रो क्वाटरफाइनलको विजेताले सेमिफाइनलमा बब्लु जेम्स सँग प्रतिस्पर्धा गर्ने छ।
प्रतिक्रिया