प्रिमियर लिगमा वेष्ट ह्यामको पहिलो जित

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार ०९:१६


काठमाडौं, भाद्र २६ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको वेष्ट ह्याम र हडर्सफिल्डबिचको खेलमा वेष्ट ह्याम विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामले हडर्सफिल्डलाई २–० ले पराजित गरेको हो । वेष्ट ह्यामको जितमा पेट्रो ओबियाङ र आन्ड्रे आयुले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा वेष्ट ह्यामले दुवै गोल ७० मिनेटपछि गर्‍यो ।

७२ औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि आयुले गोल गर्दै वेष्ट ह्यामलाई २–० को जित दिलाए । पहिलो जितपछि वेष्टह्यामले तीन अंक जोडेको छ । पराजित भएको हडर्सफिल्ड सात अंकसहित छैटौं स्थानमा छ ।

वेष्ट ह्यामको यो प्रिमियर लिगमा पहिलो जित हो ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....