भाद्र २९ गतेबाट उपत्यकाव्यापी कराँते–किक बक्सिङ प्रतियोगिता

भक्तपुर, भाद्र २७ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा पहिलो पटक काठमाडौं उपत्यकाव्यापी एवं काभ्रे व्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता भाद्र ३१ गते शनिबारदेखि हुने भएको छ ।
२० देखि ६० केजीमाथि तौल समूहका पुरुष तथा २० केजीदेखि ५५ केजी तौलसम्मका महिला गरी १९ खेल हुने कार्यक्रमका संयोजक सञ्जीव दुलालले जानकारी दिए ।
किक बक्सिङमा पुरुष र महिलातर्फ ४५, ५० र ५५ केजी तौल समूहमा तथा काटातर्फ एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइने छ । प्रतियोगिता डब्लु के एफको नियमनुसार खेलाइने रेफ्री संंयोजक रामशरण त्वतीले जानकारी दिए । यस प्रतियोगिता ‘संवाहक डट कम’ले आयोजना गर्ने जनाएको छ ।
प्रतिक्रिया