गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता हुने

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार १४:३६


काठमाडौं, भाद्र २७ ।
युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा नेपाल तरुण दल काठमाडौं महानगरपालिका–२६ ले पहिलोपटक वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ ।

भोलि बुधबारदेखि ३१ गतेसम्म सामाखुशीमा प्रतियोगिता आयोजना हुने तरुण दल २६ वडाका अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।

तरुण दल २६ वडाका सचिव मनिष डंगोलले युवापुस्ता फुटसल खेलप्रति आकर्षित हुँदै गएकाले आफूहरूले पनि उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनले उक्त खेललाई रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको बताए ।

खेलको प्रथम विजेतालाई रु.एक लाख, द्धितीयलाई रु.५० हजार, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलकिपरलाई पञ्जा पुरस्कार दिइने सचिव डंगोलले जानकारी दिए । उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका २५ भन्दा बढी क्लबको सहभागिता रहने जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....