एसिया कप छनौट क्रिकेट : नेपाल भर्सेस भुटान

काठमाडौं, भाद्र २८ ।
एसिसी उन्नाइस वर्षमुनिको इसिया कप छनौट क्रिकेट प्रतियोगिताको इस्टर्न रिजन अन्तर्गत मलेसियामा अहिले नेपालले भुटानसँग खेलिरहेको छ ।
सो खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेको छ । ९ ओभरको खेल सकिँदा भुटानले १५ रनमा ३ विकेट गुमाएको छ ।
नेपालका दिपेन्द्र सिंह ऐरीले दुई साथै नन्दन यादवले एक विकेट लिएका छन् । दिपेन्द्रले ९ औँ ओभरको पहिलो बलमा भुटानका २४ बलमा ५ रन बनाएका नगवाङ थिन्लेलाई र तेस्रो बलमा पेम चेडुपलाई शून्यमै आउट गरेका हुन् ।
नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको अन्तरले हराएको थियो ।
पहिलो खेलमा भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया