च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको विजयी सुरुवात

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार ११:१२


काठमाडौं, भाद्र २९ ।
साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा विजयी सुरुवात गरेको छ ।
बुधबार रातिदेखि सुरु भएको यो सिजनको समूह चरणको खेलमा समूह ‘एच’ मा रहेको युरोपियन च्याम्पियन रियल मड्रिडले साइप्रसको क्लब अपोल निकोसियालाई ३–० ले हराएको हो । रियल मड्रिडको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा सर्जियो रामोसले एक गोल गरे ।
१२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । पहिले हाफमा १–० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफको सुरुमा नै पेनाल्टीको अवसर पायो ।
५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत व्यतिmगत दोदोस्रो गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे । ६१ औं मिनेटम रामोसले गोल गरेपछि रियल मड्रिडले ३–० को जित निश्चित र्गयो ।
घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै जिनेदिन जिदानको टिम रियल मड्रिडले महत्वपूर्ण तीन अंक जोडेको छ । समूह ‘एच’ अन्तर्गतकै खेलमा इंग्लिस क्लब टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिनले एक गोल गरे ।
बोरुसियाका लागि एण्ड्री यार्मोलेन्कोले एक गोल फर्काए । खेलको इन्जुरी समयमा ज्यान भेर्टोनग्हेन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटनह्याम १० खेलाडीमा सीमित भएको थियो । जितपछि टोटनह्यामको पनि तीन अंक नै भएको छ । तर गोल अन्तरका आधारमा टोटनह्याम दोस्रो स्थानमा छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....