फिफा बरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ७५ औ स्थानमा

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार १८:२६


काठमाडौं, भाद्र २९ ।
फिफाले सन् २०१७ को सेप्टेम्बर महिनाको फिफा बरियता आज सार्बजनिक गरेको छ । सार्बजनिक गरिएको यस महिनाको नयाँ बरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ७५ औ स्थानमा पुगेको छ ।

फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत १०७ औ स्थानमा छ । त्यस्तै माल्दिभ्स १५४ औ, अफगानिस्तान १५८ औ , भुटान १७४ औं स्थानमा छ । नेपाल भन्दा पछि बंगलादेश १९६ औ, श्रीलंका १९८ औ र पाकिस्तान २०० औं स्थानमा छ ।

विश्व बरियतामा भने ब्राजिललाई दोस्रो स्थानमा धकेल्दै जर्मनी शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौमा बेल्जियम छ । पोल्याण्ड, स्विजरल्याण्ड, फ्रान्स, चिली र कोलम्बिया क्रमशः छैठौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....