दशैँ फुटबल टुर्नामेन्ट-२०७४: बी एण्ड बी इन्टरप्राइजेज र बब्लु जेम्स फाइनलको लागि भोलि भिड्दै

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार २१:३०


काठमाडौं, भाद्र २९ ।
बी एण्ड बी इन्टरप्राइजेज, बब्लु जेम्स, जेएफसी र वडा नं. १७ ‘दशैँ फुटबल टुर्नामेन्ट-२०७४’ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं. ७ को मुख्य आयोजनामा क्षेत्रपाटीको धोविचौरस्थित फुटबल मैदानमा जारी रहेको सो नोक आउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार साझ भएको आन्तिम क्वाटर फाइनल खेलमा फुटसल फ्याक्ट्रीलाई हराउँदै वडा नं. १७ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो ।

आयोजककाअनुसार यस टुर्नामेन्टको सेमिफाइनल खेलहरू भोलि (शुक्रबार) र शनिबार खेलाईने छन् । भोलि हुने पहिलो सेमिफाइनल खेलमा बी एण्ड बी इन्टरप्राइजेजले बब्लु जेम्स को सामना गर्ने छ भने शनिबार हुने दोश्रो सेमिफाइनल खेलमा जेएफसी र वडा नं. १७ आफ्नो स्थान फाइनलमा बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनलको खेल भने आश्विन ५ गते अर्थात् घटस्थापनाको दिन पूर्व उप-प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा खेलाईने छ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....