एन्फाले थ्रीस्टारलाई एक करोड ५० लाख क्षतिपूर्ति दिने

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार ०६:३५


काठमाडौं, भाद्र ३० ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ५० लाख दिने भएको छ ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिक रुपमा दिने निर्णय गरेको हो ।

थ्रीस्टारले गत वर्ष एन्फाको लापर्बाहीका कारण एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएको थिएन । उक्त खेल खेल्न नपाएपछि थ्रीस्टारले रु. छ करोड क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरेको थियो ।

उक्त निर्णय आगामी असोज २३ गते हुने एन्फाको विशेष साधारणसभाबाट अनुमोदनका लागि प्रस्तुत गरेपछि मात्र कार्यान्वयन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।

बैठकले ए डिभिजन क्लबका १२ टोली र २०७२ सालमा राष्ट्रिय लिग खेलेका मोफसलका चार क्लबलाई समेटेर १६ टोलीलाई ए डिभिजन लिग खेलाउने निर्णय गरेको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....