दशैँ फुटबल टुर्नामेन्ट-२०७४:बी एण्ड बी इन्टरप्राइजेजलाई ४-३ ले हराउँदै बब्लु जेम्स फाइनलमा

काठमाडौं, भाद्र ३० ।
नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं. ७ को मुख्य आयोजनामा क्षेत्रपाटीको धोविचौरस्थित फुटबल मैदानमा जारी रहेको ‘दशैँ फुटबल टुर्नामेन्ट-२०७४’ नोक आउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार साझ भएको पहिलो सेमिफाइनल खेलमा बी एण्ड बी इन्टरप्राइजेजलाई ४ को बिरुद्ध ३ गोलले हराउँदै बब्लु जेम्स सो प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टीम बनेको थियो।
उक्त खेलमा बब्लु जेम्सक लागि सन्जिब र अनिश लम्सालले २-२ गोल गरेका थिए भने बी एण्ड बी इन्टरप्राइजेजका लागि कप्तान सुनिल तामांग ले १ गोल र विजय गौतमले २ गोल गरेका थिए।
आयोजककाअनुसार यस टुर्नामेन्ट अन्तर्गत आज हुने दोश्रो सेमिफाइनलमा जेएफसी र वडा नं. १७ फाइनलमा आफ्नो स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनलको खेल भने आश्विन ५ गते अर्थात् घटस्थापनाको दिन पूर्व उप-प्रधानमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा खेलाईने छ।
प्रतिक्रिया