’छक्का पञ्जा २’ फूलपातीदेखि प्रदर्शनमा आउने

काठमाडौं, असोज ३ ।
बहुप्रतिक्षित नेपाली फिल्म छक्का पञ्जा २ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिट प्रचारप्रसारमा भ्याइ नभ्याइ भएका छन् ।
असोज ११ गते अर्थात् बडादशैँको फूलपातीबाट प्रदर्शनमा आउने फिल्म टोलीले बिहीबारबाट प्रचारप्रसारलाई तीब्रता दिएको हो । फिल्म टोलीले ‘एक्सप्रेस कमेडी टुर’ नाम दिएर दमकबाट प्रचार शुुरु गरेको हो । शुक्रबार ईटहरीमा प्रचार गरेको टोलीले शनिबार हेटौंडामा पत्रकारसँग अन्तरक्रिया गर्दै एक्सप्रेस कमेडी टुर पनि प्रदर्शन गरे । साथै फिल्मको प्रचारात्मक कार्यक्रम आईतबार नारायणगढ, सोमबार बुटवल र मंगलबार पोखरामा गरिने भएको छ ।
फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले अमेरिका, अष्ट्रेलिया जस्ता बिकशीत देशको सपना देख्ने युवाको कथा फिल्ममा रहेको खुलासा गरे । उनका अनुसार पश्चिमेली युवाको सामाजिक समस्यालाई फिल्मले उजागर गरिनेछ । उनले छक्का पञ्जा जत्ति अपेक्षा छक्का पञ्जा २ मा नगर्न आग्रह गर्दै उनले पहिलेको रेकर्ड ब्रेक गर्ने नसोचेको बताए ।
फिल्मको हरिवंश आचार्य र आस्था राउतले गाएको ‘झ्याम्म झ्याम्म’ र ‘ए दाजु नसमाउ नाडीमा जान्न म त डिजेलको गाडीमा’ बोलको गीत निकै चर्चित भइसकेको छ ।
फिल्मकी निर्देशक दीपाश्री निरौलाले गम्भीर घटनालाई हाँस्य–व्यङ्ग्यमा प्रस्तुत गरिएको दाबी गर्दै उनले बाँकी सस्पेन्ड थाहा पाउन फिल्म हेर्नुपर्ने बताइन् ।
प्रतिक्रिया