सुनको मूल्य घट्दै हप्तामा १४ सयले सस्तियो

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार १२:२०


काठमाडौं, फागुन २७ ।
यो साता सुनको मूल्य घट्दै आज शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घटेको ५४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हप्तामा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।

चाँदी अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य सात सय ८५ कायम भएको छ ।

अमेरिकी फेडरल रिजर्भ बैंकले मार्च महिनाको मध्यतिर ब्याजदर बढाउने चर्चा चल्दा सुनको माग घटेको हो । अर्कोतर्फ भारतसहित विश्वबजारमा सुनको माग घटेकाले पनि मूल्यमा असर परेको विभिन्न एजेन्सीहरूले जनाएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....