केपी ओलीको गृह जिल्ला झापामा ओलीलाई पराजित गर्न किराती भिड्दै

प्रकाशित मिति: २२ आश्विन २०७४, आईतवार ११:५४


काठमाडौं, असोज २२ ।
वाम गठबन्धन बनाएका एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका विद्रोही नेता गोपाल किरातीको सामना गर्ने भएको छ ।

गृह जिल्ला झापाको ५ नं. क्षेत्रबाट उम्मेदवारी दिने योजना बनाएका ओलीलाई किरातीले टक्कर दिने तयारी रहेको छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टीलाई विलय गराएको भन्दै किरातीले ओलीलाई हराउने योजना रहेको स्रोतले बताए ।

यसअघि भोजपुरबाट चुनाव लड्ने जनाएका किरातीले ओलीलाई पराजित गरेर आफू विजयी हुने योजना बनाउन थाली सकेको छ । ओलीले झापाबाट बसाईसराई कागजपत्र बनाएर भक्तपुर जिल्लाको बालकोटमा बस्दै आएका छन् । भक्तपुरमा कांग्रेस बलियो भएकाले ओलीले भक्तपुरमा निर्वाचन लड्ने आँट गरेका छैनन् ।

आफ्नो राजनीति सुरक्षित गर्न ओलीले गृह जिल्ला झापा ५ लाई नै केन्द्रित गर्दै आएका छन् । हुन त ओलीलाई सिरहा १ बाट पनि सिफारिस आएको छ । सिरहामा पराजित हुने डरले ओली कुनै पनि हालतमा उम्मेदवार बन्ने छैनन् ।

उता, आक्रोशमा देखिएका किरातीले जसरी पनि ओलीलाई साइजमा ल्याउन झापा ५ बाट उम्मेदवारी दिने तयारी गरेका हुन् । ओलीलाई पराजित गर्न किरातीले झापामा केन्द्रित गरिसकेका छन् ।

ओलीलाई पराजित गर्ने किरातीको योजनालाई नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, नेपाल फोरम लोकतान्त्रिक लगायतका दलहरूले समर्थन गर्ने भित्री तयारी भइरहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....