निर्वाचनलाई स्वच्छ, पवित्र तुल्याउन कुनै कसर बाँकी नराख्ने आयुक्त शर्माको दावी

प्रकाशित मिति: २२ आश्विन २०७४, आईतवार १५:५८


काठमाडौं, असोज २२ ।
निर्वाचन आयुक्त इला शर्माले आगामी मंसिरमा हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पवित्र तुल्याउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मुख्य प्रशिक्षण प्रशिक्षक तालीमको आज शुभारम्भ गर्दै उनले आचारसंहिताको पूर्णपालना गर्न गराउन राजनीतिक दल र उम्मेदवारलाई आग्रह समेत गरेका छन् ।

आयुक्त नरेन्द्र दाहालले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनको व्यवस्थापन सरल तुल्याउने र मतदाताको सहभागिता बढाउने दिशामा सबैको सहयोगी भूमिका हुनुपर्छ भने ।

प्रशासकिय अदातलका अध्यक्ष एवं संविधानविद काशीराज दाहालले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन निर्वाचन आयोगलाई आचारसंहिता उलंघन गर्ने पक्षलाई कानूनअनुरुप कारबाही गर्न सुझाव दिए ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव कमलशाली घिमिरेले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन बनेका ऐन र कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

आयोगका सहसचिव नवराज ढकालले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको क्रममा मतदाता नामावलीलाई अन्तिमरुप प्रदान गरिएको, मतपत्र छपाईको काम सुरु भएको र विभिन्न नौ प्रकारका तालीम प्रशिक्षण चलिरहेको जानकारी दिए ।

नेपालस्थित संयुक्त राष्ट्रसघीय विकास कार्यक्रम युएनडीपीका प्रमुख रिनाउड मेयरले सयुक्त राष्ट्रसंघले नेपालको निर्वाचनको लागि प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए ।

उक्त प्रशिक्षणमा नेपाल सरकारका सचिव एवं सहसचिव मुख्य प्रशिक्षकको रूपमा सहभागिता रहेको छ । उनीहरूले निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा आउनसक्ने चुनौती र समस्या समाधानका उपायका बारेमा प्रदेश तहमा गएर प्रशिक्षण दिनुहुने छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....