वाईसीएलको ‘नेप्लिज युथ सेन्टर’ नामक मोबाइल एप्स सार्वजनिक हुँदै

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार ०८:२४


काठमाडौं, असोज २३ ।
नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन (वाईसीएल नेपाल) ले यहीँ आउँदो कार्तिक ११ गते देशभरका छ हजार सात सय ४३ वडामा वडा सम्मेलन गर्ने भएको छ ।

वाईसीएलको आइतबार सम्पन्न भएको केन्द्रीय समितिको पूर्ण बैठकले सो निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिएका छन् । देशभर नै एकै पटक सबै युवालाई संगठित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनले बताए ।

बैठकले २९ सदस्यीय कार्यालय, ६५ सदस्यीय सचिवालय र एक सय ९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णतासमेत दिएको छ । साथै विभिन्न विभागसमेत गठन गरेको छ । वाईसीएलले आगामी प्रतिनिधि सभा र संघीय संसद्को निर्वाचनलाई सफल बनाउन देशभर नै संगठित रूपमा युवा परिचालन गर्ने जनाएको छ ।

यस्तै वाईसीएलले ‘नेप्लिज युथ सेन्टर’ नामक मोबाइल एप्ससमेत निर्माण गरेको छ । सो एप्सको आज पार्टी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....