पूर्वराजा शाह थाइल्याण्ड प्रस्थान गरेसँगै ओली पनि थाइल्याण्डतर्फ जाँदै

काठमाडौं, असोज २३ ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो थाइल्याण्ड प्रस्थान गरेका छन् । आइतबार दिउँसो पूर्वयुवराज्ञी एवं बुहारी हिमानी शाहसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका पूर्वराजा शाह उपचारका लागि भन्दै थाई एयरलाइन्सको विमानबाट बैंककका लागि प्रस्थान गरेका हुन् ।
यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आजै थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली आज दिउँसो थाइल्याण्ड जान लागेको र असोज २७ गते फर्किने एमालेले जनाएको छ ।
उपचारको बहानामा पूर्वराजा शाह र एमाले अध्यक्ष ओली थाइल्याण्ड गए तापनि दुबै बीच बैंककमा भारतीय मध्यस्ततामा उच्चस्तरीय बैठक हुने तय भएको छ ।
भोलि मंगलबार दिउँसो बैंककको एक पाँच तारे होटेलमा शाह र ओलीबीच राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाबारे छलफल हुने श्रोतले बताएको छ । साथै वाम गठबन्धन बारे ओलीले भारतीय सुरक्षा अधिकारीसँग पनि बैंककमै भेट गर्ने कार्यक्रम छ । यद्यपि ओलीले बैंककमा फ्लोअप उपचार पनि गर्नेछन् ।
प्रतिक्रिया