भूकम्पपीडितलाई सामूहिक जमानीमा सरकारले निर्ब्याजी ऋण दिने

काठमाडौं, असोज २३ ।
२०७२ को भूकम्प पीडितहरूलाई सरकारले घर निमार्णका लागि सामूहिक जमानीमा थप ३ लाख निर्ब्याजी ऋण पाउने भएका छन् ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले भूकम्प पीडितहरूलाई घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।
भूकम्प पीडितहरूका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले भूकम्प पीडितहरूलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो । तर, बैंकहरूले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।
प्रतिक्रिया