प्रधानमन्त्री देउवाको सरकार कर्मचारीको कठपुतली : अध्यक्ष बिजुक्छें

भक्तपुर, असोज २३ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएता पनि सिंहदरबारको अधिकार गाँउ–गाउँसम्म भन्ने नारामात्र सिमित हुनु र कर्मचारीले सरकार चलाउनुले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएको हो ।
उनले स्थानीय तहको निर्वाचन सकिएको ४ महिना भैसक्दा पनि मेयर उप–मेयरको तलबसम्म तोक्न नसक्नुका साथै सरकारले जिल्ला तहमा पूर्ण अधिकार दिन नसकेको बताए । जनप्रतिनिधि भन्दा गाउँपालिका र कार्यपालिकामा कर्मचारीकै हावी हुनेले समेत थप प्रष्टाएको उनले बताए ।
भारतकै ईशारामा बनेको बाम गठबन्धनका बारे भारतलाई जानकारी नभएको भन्ने बिषय हाँस्यास्पद भएको भन्दै बिजुक्छेंले भने, प्रचण्ड र बाबुरामलाई थाहा भएको बिषय भारतलाई थाहा छैन भन्नु हाँस्यास्पद कुरा हो । उनले भारतमै हुर्किएका बाबुराम र प्रचण्डलाई थाहा भएको बिषय भारतलाई स्वतः थाहा हुने समेत दाबी गरे ।
आफूले विगतदेखि उठाउँदै आएको विषय भारतले नेपालको सम्बृद्धि हेर्न नचाएको र बिस्तारै नेपालमा देखिएको राजनीतिक समिकरण र धुब्रिकरणले प्रष्टाउँदै लगेको समेत टिप्पणी गर्नु भयो ।
नेपालको कुटनीतिक पक्ष कमजोर हुनुमा नेपालकै सत्तासिन दलहरूले भागबण्डामा राजदुत नियुक्ति गर्नुका साथै बोल्नै नजान्ने र बिहानै देखि मदिरामा मात्तिनुका साथै कुटनीतिक मर्यादाको समेत जानकारी नभएका राजदुत नियुक्ति गरिनुले नेपालको कुटनीतिक पक्ष कमजोर रहेको भन्दै राजदुतलाई दोष दिनुु भन्दा पनि तिनलाई नियुक्ति गर्ने दलहरू दोषी रहेको बताए ।
जुनसुकै दलबीच तालमेल र एकता भएपनि नेपाल मजदुर किसान पार्टी कुनै दलसँग पनि तालमेल र एकता नगर्ने बताउँदै उनले आगामी दुबै तहका निर्वाचनमा नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने घोषणा गरेको छ ।
प्रतिक्रिया