पार्टीभित्रै संघर्षमा रहने नेता किराँतीको प्रतिबद्धता

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार ०६:५१


काठमाडौं, असोज २४ ।
नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ का इञ्चार्ज गोपाल किराँतीले आफू पार्टीभित्रै संघर्षमा रहने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सचिवालयको अनौपचारिक बैठकमा उनले आफूले उठाउँदै आएको पहिचान र समावेशिताको विषयमा पार्टी प्रतिबद्ध रहेको र त्यसबाट तलमाथी हुँदैन भन्दै अध्यक्ष पुष्पकमल दाहालले प्रतिबद्धता जनाउनुभएको उल्लेख गरे ।

नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकताको निर्णय भएपछि पहिचान र समावेशिता तथा समानुपातिकता विषय पार्टीले छाडेको भन्दै किराँती असन्तुष्ट बन्दै आएका थिए । उनले माओवाद र पहिचानका विषयमा पार्टी प्रतिबद्ध रहेकाले पार्टी छाड्ने भन्ने कुरा नै नभएको बताए ।

सचिवालयको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटलगायत विषयमा समेत छलफल भएको र कार्यदलले तयार पारेको प्रतिवेदनलाई एकसरो अध्ययन गरेर अन्तिम रूप दिइने निर्णय भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....