नेता सिंहको भनाई ‘निर्वाचनको मिति सार्ने अधिकार सरकारलाई छैन’

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार १५:५६


काठमाडौं, असोज २४ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति हेरफेर गर्नेतर्फ सरकार अगाडि बढेको प्रति असन्तुष्टि जनाएका छन् । उनले लोकतन्त्र स्थापित गर्नेतर्फ निर्वाचनको कार्यक्रम अघि बढेको भन्दै सरकारलाई निर्वाचनको मिति सार्ने अधिकार नभएको समेत बताए ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले निर्वाचनमा होमिसकेकाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति हेरफेर गर्न नमिल्ने पनि स्पष्ट पारे । उनले आगामी मंसिर १० गतेका लागि तोकिएको पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन केही समय पर सार्ने तयारी गर्नु गलत भएको भन्दै लोकतन्त्र स्थापित गर्ने जिम्मा लिएको कांग्रेसबाट नै हुन लागेको गलत काम उचित नभएकोमा जोडसमेत दिए ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचनको मिति सार्ने विषयमा छलफल गरेको जनाएपछि कांग्रेसका नेताहरूले नै नेतृत्वको निर्णयप्रति असन्तुष्ट जनाउँदै आएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....