फोरम अध्यक्ष गच्छदार कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार ०८:५६


काठमाडौं, असोज २५ ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पछिल्लो समय पार्टीभित्र वाम गठबन्धनमा सहभागी हुने की नहुने भन्ने विषयलाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्ष गच्छदारले पार्टीलाई कांग्रेसमा प्रवेश गराउने तयारी गरेका हुन् ।

अध्यक्ष गच्छदारले काठमाडौंस्थित तिनकुनेमा भएको पार्टी प्रवेश कार्यक्रममा राजनीतिमा भएको अस्थिरताका कारण देशका जनताले भोग्नु परेको समस्यालाई आफ्नो पार्टीले पन्छाउँदै लाने धारणा व्यक्त गरे ।

यसैगरी, अध्यक्ष गच्छदारले देशलाई समृद्धि र विकास उन्मुख बनाउन आफ्नो पार्टी सधैँ तयार रहने दाबी गर्दै मुलुक गरिब देशको सूचीमा परेका कारण अब देशलाई समृद्धितर्फ उन्मुख गराउन आफ्नो पार्टीले पहल गर्ने उनले जोडसमेत दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....