आज विश्व बाथ रोग दिवस, नेपालमा पनि मनाइँदै

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहीबार १०:२२


काठमाडौं, असोज २६ ।
विश्वमा विकराल बन्दै गएको वाथ रोगबारे जनचेतना जगाउन मनाउन थालिएको वाथ रोग दिवसकै अवसरमा आज विश्वभर मनाइँदै छ । हरेक वर्ष अक्टोबर १२ का दिन मनाउन थालेको बाथ रोग दिवस काठमाडौंमा पनि मनाइँदै छ ।

चिकित्सकहरूका अनुसार बाथ रोग समयमै उपचार नगर्दा त्यसले मान्छेको आयु घटाउँछ भने समयमै रोग पहिचान गरी उपचार गराए माशंपेशी तथा अस्थीपञ्जर दुख्ने समस्या अन्त्य हुन्छ । यो रोग लागेमा हड्डीमा बढी असर गर्ने र जोर्नी बढी दुख्ने चिकित्सकहरूको भनाई छ ।

विज्ञहरूका अनुसार बाथरोग दुई सय प्रकारका हुन्छन् र नेपालमा झण्डै १० लाख ब्यक्ति कुनै न कुनै प्रकारको बाथरोगबाट बिरामी छन् । बाथरोगका बिरामीले आफ्नो दैनिक क्रियाकलापमा सक्रियता बढाएमा समस्या स्वतः कम भएर जाने विज्ञहरुले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....