नैतिकताको आधारमा माओवादीले सरकार छाड्नु पर्छ : पशुपति शमशेर जबरा

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहीबार १३:५०


भक्तपुर, असोज २६ ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षातकार कार्यक्रममा बोल्दै जबराले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरि सरकारमै बसिराख्नु राजनैतिक बेइमानी भएको भन्दै तत्काल उसले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताए ।

उनले भने प्रतिनिधिसभा र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था कमजोर रहेको उपत्यकाभित्रै निर्माण ब्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याले प्रष्टाएको बताउँदै गृह मन्त्रीले तत्काल राजीनामा दिनु पर्छ ।

उनले बाम गठबन्धन र प्रजातान्त्रिक शक्ति बीचको सामिप्यता संबिधान जारी पश्चात आवश्यकता रहेको र यो देशको हितानुकुल भएको भन्दै अबको निर्वाचनमा प्रजातान्त्रिक शक्तिको बिजय निश्चित रहेको बताए ।

सरकार लामो समयसम्म टिक्न नसक्ने र त्यसले देशमा अस्थिरता बढाउँदै लगेकोमा गठबन्धनले त्यसको अन्त्य गर्दे स्थिर सरकार र दिगो बिकासमा टेवा पुग्ने समेत उनको टिप्पणी छ ।

राष्ट्रबादी र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुने उनले जानकारी दिए । नेपालमा पछिल्लो समय बैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले यसका लागि नेपालका राजनितिक दलहरूका नेताहरू जिम्मेवार रहेको समेत बताए ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....