परराष्ट्रमन्त्री महरासँग आइटिसीका कार्यकारी निर्देशकको भेटवार्ता

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहीबार १६:१६


काठमाडौं, असोज २६ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच आर्थिक कूटनीति तथा बहुपक्षीय व्यापार प्रवद्र्धन लगायतका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको निकासी प्रवद्र्धनमा आइटिसीले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउन आग्रह गरे ।

नेपाली घरेलु उत्पादनको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’मा आइटिसीले थप सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले सबैको ध्यान आर्थिक समृद्धिको प्राप्ति भएको स्पष्ट पारे ।

उपप्रधानमन्त्री महराले भने, नेपालको संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचनहरू चरणबद्धरूपमा अगाडि बढेका छन् । सबै निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायित्व कायम भई नेपाल द्रुत आर्थिक विकासको दिशामा अगाडि बढ्छ ।

सो अवसरमा कार्यकारी निर्देशक गोन्जालेजले नेपालमा आर्थिक विकास तथा व्यापारको अपार सम्भावना भएको बताउँदै उत्पादन, ब्रान्डिङ र बजारीकरणमा ध्यान दिनुपर्ने बताए । कफी, चिया, अलैँची एवं नेपाली कागज जस्ता नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारका लागि महत्वपूर्ण वस्तु भएको भन्दै उनले ठूलो मात्रामा उत्पादन तथा गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

आर्थिक कूटनीतिका माध्यमबाट नेपालका उत्पादनहरू विश्व बजारमा प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गर्दै उनले परराष्ट्र मन्त्रालयले परम्परागत कूटनीतिभन्दा पनि आफ्ना नियोगमार्फत व्यापार र लगानी प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने बताए ।

 


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....