एमालेको भूमिका सकारात्मक भएकाले सीमा रक्षक यादव एमालेमा प्रवेश

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार ०८:४७


काठमाडौं, असोज २७ ।
नेपाली सीमा रक्षक देवनारायण यादव बिहीवार एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट सप्तरी जिविस सदस्य समेत निर्वाचित भइसकेका यादव सीमा क्षेत्रमा भारतले बनाएका अवैध संरचना भत्काउने क्रममा भारतीय सुरक्षाकर्मीबाट यातना भोग्ने नेपाली हुन् ।

हामी भारतीय सीमा क्षेत्रमा बस्ने नेपाली सधैं भारतको हेपाइबाट पीडित छौं । यो आजको मात्र कुरा होइन, हामी त्यहाँ पचासौं बर्षदेखि भारतको हेपाह प्रबृत्तिसँग जुधिरहेका छौं । गतवर्ष भारतीय पक्षले अबैध बाँध बाँधेर जमिन डुबाउन लागेका बेला प्रतिवाद गर्दा आफ्नो पक्षमा साथ दिने एमाले नेता भएकाले एमाले प्रवेश गरेको बताए ।

उनले चुनावको मुखमा कांग्रेस छोडेर एमाले प्रवेश गर्नुको कारण चुनावको टिकटका लागि नभइ देशको सिमाना बचाउनका लागि प्रवेश गरेको जानकारी दिएका छन् ।

सीमानामा घरबास डुब्दा सबैलाई एमालेको भूमिका र साथ सकारात्मक लागेकाले यो चुनावमा सबै मिलेर यो देशपे्रमी एमालेलाई जिताउन लागी पर्ने योजना रहेको उनले प्रष्ट पारे ।

 


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....