असंवैधानिक कदम चालेर चुनाव सार्न प्रधानमन्त्री देउवालाई सुझाव

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार ११:१०


काठमाडौं, असोज २७ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन लाग्दा तीन प्रमुख दल एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले बाम गठबन्धन गरेपछि देशमा उत्पन्न भएको राजनीतिक परिस्थितिमाथि अहिले नेपालमा रहेको शक्ति राष्ट्रका कुटनीतिक नियोगहरू निकै सक्रिय भएका छन् ।

बाम गठबन्धनपछि राजनीतिक घटनाक्रमले आसन्न निर्वाचन प्रभावित हुन्छ कि भन्ने चिनियाँ चासो देखिएको छ भने भारत र अमेरिकाले मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको चुनाव सार्ने लविङमा जुटेका छन् । निर्वाचनका लागि बन्दसूचि पेश गर्ने समय असोज २९ को लागि तोकिएका कारण अबका दुई दिन शक्ति केन्द्रहरूमा चलखेल थप बढ्ने सम्भावना गरिएको छ ।

बामगठबन्धन चिनियाँ निकट रहेको भन्दै अमेरिका र भारत असन्तुष्ट देखिएका छन् । भारतीय राजदूत पुरीले आइतवार प्रचण्डसँगको भेटमा गठबन्धनप्रति असन्तुष्टि जनाएको स्रोतको भनाई छ ।

अहिलेको अवस्थामा चुनाव गरे त्यो लोकतन्त्र र काँग्रेसको भविष्यको लागि सुखद हुने भन्दै चुनाव सार्न भारत र अमेरिकाको नेपालस्थित नियोगले प्रधानमन्त्री शेरबहादुर देउवामाथि दवाव दिईरहेको स्रोतको भनाई छ । कतिपयले प्रधानमन्त्रीलाई असंवैधानिक कदम चालेर भएपनि चुनाव सार्ने वातावरण बनाउन सुझाव दिएको काँग्रेस निकट उच्चस्रोतको भनाई छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....