केसीका प्रतिनिधि र सरकारी टोलीबीच आज वार्ता हुने

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार १२:१०


काठमाडौं, असोज २७ ।
अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज वाता हुदैछ । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै शिक्षण अस्पतालका डा. केसी गत असोज १९ गतेदेखि १३ औँ पटक अनशनमा छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा बिहान १० बजे वार्ता हुने डा. केसीका सहयोगी डा. अविशेक सिंहले जानकारी दिउका छन् । सरकारका तर्फबाट ङइन्द्र प्रसाद उपाध्ययको संयोजकत्वमा गठित वार्ता टोलीले डा. केसीको माग सम्बोधनका लागि पहल गर्नेछ ।

वार्तामा संयोजक उपाध्ययका साथै स्वास्थ्य सचिव किरण रेग्मी र निमित्त शिक्षा सचिव डिल्लीराम रिमाल सहभागी हुनेछ । यस्तै डा. केसीका तर्फबाट वाइपी सिंह, कश्यप श्रेष्ठ, अविशेक सिंह र अधिवक्त ओम प्रकाश अर्याल वार्तामा सहभागी हुने जनाइएको छ ।

चिकित्सा शिक्षा विधेयक लाई माथेमा आयोगको प्रतिवेदन र आफुहरूको सुझाव बमोजिम पारित गर्नुपर्ने डा. केसीको मुख्य माग रहेको छ । यद्यपी संसदको म्याद आज सकिने भएपछि केसीको माग तत्काल सम्बोधन हुने सम्भावना भने न्यून देखिएको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....