बाम गठबन्धन नेपालको आवश्यकता : प्रवक्ता भुषाल

भक्तपुर, असोज २७ ।
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले बाम गठबन्धन बिदेशीको इशारामा नबनेको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बाम गठबन्धन नेपालका बामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निर्माण गरेको र बिदेशीको इशारामा नबनेको बताए ।
उनले निर्वाचनलाई लक्षित गरेर बनेको बाम गठबन्धनमा आवद्ध भएका राजनीति दलहरूले आ–आफ्नो चुनाव चिन्ह लिएर चुनावमा जाने समेत प्रष्टाउनु भयो ।
वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पार्टीले निर्वाचन अघि सरकार नछाड्ने उनले बताए ।
तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उनले बाम गठबन्धनमा निर्वाचन क्षेत्रका बिषयलाई लिएर बाहिर आएको हल्ला जस्तो नभई छलफल जारी रहेको बताए ।
उनले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाका बारे उठेका प्रश्नहरूमा सरकारले पूर्णरूपमा सुरक्षा प्रदान गर्न सफल समेत रहेको बताए ।
उनले देशमा अब बामपन्थी र प्रजातान्त्रिक शक्ति गरी दुई पक्ष मात्र हुने भन्दै अबको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई मत ल्याएर देशलाई आर्थिक सम्बृद्धि र स्थिर सरकार बन्ने बताए ।
आफ्नो पाटीले बिगतदेखि नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको विषयमा आवाज उठाउँदै आएको र निर्वाचन पश्चात दुई तिहाई मत प्राप्तसँगै त्यसले समेत पूणता पाउने बताए ।
बर्तमान सरकार नेपालका दुई छिमेकीसँग सफल कुटनीतिक पाटो निर्वाह गरिरहेको समेत उनले प्रष्टाउनु भयो । केही दिनअघि राजधानीमा भएको हत्या प्रकरण निन्दनीय भएको बताए ।
प्रतिक्रिया