भोलि संसदको विशेष बैठक विधिवत रूपमा सांसदहरूलाई बिदाई गरिने

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार १६:४९


काठमाडौं, असोज २७ ।
व्यवस्थापिका संसदका सांसदहरूको आयु शनिबार मध्यराति १२ बजे देखि समाप्त हुने भएको छ । बिजनेसका हिसाबले संसदको शुक्रबारको बैठक अन्तिम भए पनि शनिबार फेरी विशेष बैठक राखेर सांसदहरूलाई विधिवत रूपमा बिदाई गरिने भएको छ ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्द सूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यराति देखि रूपान्तरिक व्यवस्थपिका संसद विघटन हुने भएको हो । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको हो । उक्त बैठकमा बैठकमा सभामुख र पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

यसअघि कात्तिक ४ गते संसद विघटन गर्ने भनिएको पनि संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाएर शनिबार नै बिघटन गर्न लागिएको हो ।

संसद बिघटन अघि यो संसदको अन्तिम विजनेश बैठक आज बस्दैछ । ४ वर्षअघि २०७० मंसिर ४ गते निर्वाचित भएर आएका सांसदहरू असोज २८ गते मध्यराति १२ बजेबाट निवर्तमान हुनेछन् । उनीहरूले असोज महिनासम्मको तलब भत्ता र सुबिधा पाउने संसद सचिवालयले जनाएको छ । यसअघिको प्रचलन अनुसार भूतपूर्व भएर फर्किन लागेका सांसदहरूलाई यातायात खर्च भने दिइनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....