प्रधानमन्त्री देउवाद्वारा सरकार विस्तार गर्दै कमल थापा उपप्रधानमन्त्री बन्दै

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार १८:४६


काठमाडौं, असोज २७ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सरकार विस्तार गर्दै छन् । श्रोतले दिएको जानकारीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

साथै, जयन्त चन्द, दिनानाथ गिरी र बिक्रम थापा सरकारमा सहभागि हने भएका छन् प्रधानमन्त्री देउवाले चार जनाको नाम शुक्रबार राष्ट्रपति कार्यालयमा पठाइसकेको जनाएको छ । उनीहरूलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइने छ भने शनिबार सपथ ग्रहण हुने जनाएको छ ।

त्यस्तै, राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराई बनाइने भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....