राष्ट्रपति भण्डारीद्वारा मन्त्रीमण्डल विस्तारबारे परामर्श

काठमाडौं, असोज २८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसद्हरूलाई शुक्रबार मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गर्नुभएको सन्दर्भमा निर्वाचन आयोग र कानूनविद्हरूसँग परामर्श गरेकी छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचार संहिता जारी भएको स्थितिमा मन्त्रीमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र कानूनविज्ञसँग छलफल गरेर सपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आचार संहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गर्नुभएको मन्त्रीमण्डलको विस्तारलाई आचार संहिता विपरीत भएको आयोगले जनाएको थियो । कतिपय सञ्चारमाध्यममा आज नै नयाँ मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्टसमेत पारेको छ ।
प्रतिक्रिया