भार्इटीकाको साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा , दाजुभाई पश्चिम फर्केर दिदीबहिनीले पूर्व फर्केर टीका लगाउँदा उत्तम

काठमाडौं, असोज ३० ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भार्इटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ ।
समितिले भार्इटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो भएको भन्दै साइत ११ बजेर ५१ मिनेट जाँदा रहेको जनाएको हो ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा एवं कात्तिक ४ गते शनिबार भार्इटीका परेको छ ।
कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।
प्रतिक्रिया