देउवा सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरू बाहिरिने तयारी

काठमाडौं, असोज ३१ ।
प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग वाम गठवन्धन गरेका कारण सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरू बाहिरिने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विना विभागीय बनाउने तयारी गरेपछि माओवादी केन्द्रका मन्त्रीहरूले आजै राजिनामा दिने तयारी गरेको जनाएको छ ।
सरकार छाड्नुअघि माओवादीका मन्त्रीहरूले आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ । माओवादी केन्द्रले वाम गठवन्धनमा सहभागी भएपनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन दिदैँ आएको थियो । तर, प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो ।
प्रतिक्रिया