सुन चाँदीको मूल्यमा आज पनि गिरावट, अझै घट्न सक्ने अुनमान

काठमाडौं, चैत्र २ ।
सुन चाँदीको मूल्य आज पनि घटेको छ । फागुनको अन्तिम सातादेखि सुनचाँदीको मूल्यमा गिरावट आइरहेको छ ।
मंगलबार छापावाला सुन तोलामा तीन सय रुपैयाँले घटेको सुन आज छ सय रुपैयाँले घटेर तोलामा ५३ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर सात सय ७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । सुन चाँदीको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया