जनताले खुवाए कांग्रेसलाई ल्वाप्पा, आखिर कहाँ चुके त कांग्रेस ?

प्रकाशित मिति: २ पुष २०७४, आईतवार ०८:४९


ओजश्वी अवाले, दोलखा
प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम नतिजाले नेपाली कांग्रेसलाई ठूलो झट्का परेको छ । हुन त कांग्रेसले २०७० सालमा पाएको मतभन्दा यस पटक धेरै पाएको हो तर, वाम गठबन्धन सांसदमा आएर हाबी हुन पुग्यो ।

२०१५, २०४८ र २०५६ साल गरी तिनवटा चुनावमा कांग्रेसले बहुमत ल्याएपनि तिनैवटा कार्यकाल राम्ररी चलाउन सकेन । २०४८ र २०५६ सालको चुनावबाट प्राप्त बहुमतलाई कांग्रेसले सदुपयोग गर्न सक्थ्यो तर गुटबन्दी र सरकार सञ्चालनमा एकपछि अर्को गल्ती गर्दै गएपछि आफ्नो बिरासतको बचाउ गर्नपनि धौ धौ पर्ने अवस्था देखियो । तीनपटकसम्म पाएको बहुमत जोगाउन नसकेको यस्तो इतिहासले प्रत्येक पटकको चुनावमा जनताले कांग्रेसलाई ल्वाप्पा खुवाउनु स्वभाविक हो ।

पुर्खौंका पालादेखि नै जनता माझ कांग्रेस लोकप्रिय रहेको छ । जनताका विश्वास र लोकप्रियतालाई कांग्रेसले मतदातामा भिजाउन नसकेका कारण यो चुनावको नतिजामार्फत जनताले कांग्रेसलाई ल्वाप्पा खुवाए । जनकथनअनुसार त वाम गठबन्धन हाबी भएकोले कांग्रेस पराजय भएको हो । तर, के यति मात्रै कारण हो त ? नेपाली राजनीतिमा दशकौंदेखि आफ्नो जग गाडेको कांग्रेसले दुई शक्ति बीच आफ्नो पराजय खेप्नुपर्ने त पक्कै होइन ।

कोखामा दाँत हुने आफन्ती नै भएपछि कसको के लाग्छ भने झैँ भएको छ अहिले कांग्रेसलाई । दुई शक्तिबीच आफ्नो स्थान जोगाएर अघि लम्कनुमा सकारात्मक पक्ष पनि हो कांग्रेसलाई । बाधक आखिरमा वाम गठबन्धन मात्र नभई आफ्नो पार्टीभित्रको आन्तरिक द्वन्द्व पनि हो ।
कांग्रेसको एजेण्डाबिहीन नेतृत्व नै पराजयको मूल कारण हो । शासकीय जिम्मेवारी कुशलतापूर्वक सञ्चालन गर्न नसकेका बग्रेल्ती घटनावलीसमेत चुनावअघि मतदाताका आँखामा झलझली देखा परेपछि आफ्नो पक्षको बचाउ गरोस् पनि कसरी ? कांग्रेसका नेताहरूको सत्ता मोह, म र म, मात्र पक्षमा केन्द्रित रहने, आसेपासे फोकस प्रवृति, भ्रष्टाचारमा लिप्त हुने आदि जस्ता कारणले कांग्रेस पराजित हुन पुगेको आँकलन गर्न सकिन्छ । कांग्रेसका शीर्ष नेताहरू पनि यो हारको पूर्ण जिम्मेवार व्यक्ति हुन् । आसेपासेलाई टिकट दिने प्रवृतिले आन्तरिक द्वन्द्व जब निम्त्याए तब पनि शीर्ष नेताहरू जितमा आशावादी रहे । अन्याय पनि कतिसम्म आफ्ना पत्नी, आफन्त, कुख्यात गुण्डा, ठेकेदार, व्यावसायीलाई टिकट दिएर अझै जितको झ्याली पिट्दै हिँडे ।

अपराधका छबिलाई जनताले के सहजै स्वीकार्लान् र ? जनता के यतिसम्म मुर्ख होलान् र आफ्ना भविष्य जो कोहीलाई सुम्पिन ? जनतालाई न्यून प्राकलन गर्नु नै कांग्रेसको मुख्य भूल हो । यसरी एजेण्डाबिहीन पक्ष र विकृत मानसिकता लिएर राजनीति गर्ने हो भने उनीहरू नहारेर को हार्छ निर्वाचनमा ? अब एमालेलाई मात चढ्नु पनि कुनै नौलो कुरा रहेन । कांग्रेस या फोरम राजपाहरूसँग मिलेर सरकार बनाए पनि भैगो । तेश्रो पार्टी नै सही माओवादीलाई हेपिएर चेपिएर एकता गर्ने आवश्यकता छैन ।

कांग्रेसको पक्षमा धेरै जनता हुँदा पनि कांग्रेस यो पटक नराम्ररी पछारिन पुगे । चुनावी लहरलाई “इजी टार्केट”का रूपमा लिनु नै कांग्रेसको कमजोर पक्ष बनेको छ । स्वार्थपूर्ण भयो वा हुन खोज्यो भने जनताले मूल्याङ्कन गर्ने छन् भन्ने ज्ञात नहुँदा कांग्रेस पक्ष कमजोर बनेको हो । कांग्रेसले राम्रो कामपनि गरेको हो तर आफ्ना उपलब्धि देखाउन नसकेपछि कमजोरी पक्ष सबल भएको देखिएको हो । नेतृत्वको कार्यकुशलता नभएकोले जनताले भोट मार्फत कांग्रेसलाई झट्का दिएको हो ।

देशको नेताहरूले देश विकास र निर्माणको लागि राजनैतिक सम्बन्ध सधैँ दीगो रूपले कायम गर्न दूरदर्शिता अपनाउनु आवश्यक पर्छ । नेताहरूले नेपाली जनताको भावनालाई कदर र सम्मान गर्न सक्नु पर्छ । सबैभन्दा पहिला आफूलाई सच्याउनु जरुरी छ । नत्र पुनः अर्को पटक यहीँ परिणाम भोग्नेमा कुनै दुई मत नहोला ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....