इराकमा हवाई आक्रमणबाट सर्वसाधरणको मृत्यु

एजेन्सी, चैत्र १३ ।
इराकको उत्तरी इस्लामिक स्टेट (आईएस) जिहादी समूहको प्रभाव रहेको क्षेत्र पश्चिम मोसुल शहरमा सेनाको हवाई आक्रमणमा केही सर्वसाधारणको समेत मृत्यु भएको नाइनमेह प्रान्तीय आयोगका प्रमुख बसार अल किकीले बताएका छन् । उनले शहरमा हवाई आक्रमणबाट भत्किएका भवनका भग्नावशेषमा दर्जनौँ मृतक फसेको पुष्टि गरेका छन् ।
यसैगरी प्रान्तीय गभर्नर नाफल हमादीले आतङ्कवादी विरुद्धको सुरक्षा कारबाहीमा केही दिनयता १३० जनाभन्दा बढी सार्वसाधारणको मृत्यु भएको बताए । इराकी नाइनमेह प्रान्तको राजधानी मोसुलमा भएका हताहतीबारे स्वतन्त्र रूपमा पुष्टि गर्ने वातावरण भने अझै छैन ।
तर संयुक्त राष्ट्रसङ्घले उक्त शहरमा भएका हालैका हवाई कारवाहीमा मत्यु हुनेको संख्या योभन्दा निकै धेरै भएको जनाएको छ । राष्ट्रसङ्घले सेनाको सुरक्षा कारबाहीमा करिब ३०० मानिसको मृत्यु भएको तथ्याङ्क प्राप्त गरेको जनाएको छ ।
प्रतिक्रिया