कङ्गोमा विद्रोही समूहद्धारा ४० सुरक्षाकर्मीको हत्या

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार १३:०९


एजेन्सी, चैत्र १३ ।
कङ्गोमा विद्रोही समूहले धरापमा पारेर ४० जना सुरक्षाकर्मीको टाउको काटी हत्या गरिएको छ । ४६ जना सुरक्षाकर्मी बोकेर जाँदै गरेको गाडीलाई लक्षित गरी विस्फोट भएपछि आक्रमणमा हत्या गरेको छ भने ६ जना भागेर बाँच्न सफल भएको बताएको छ ।

कङ्गो सरकारले छानबिन समिति बनाइ उक्त घटना छानबिन गरिएको जनाएको छ । पछिल्लो समयमा कङ्गोको कसाइ क्षेत्रमा विद्रोही नेता किमबिना नासपुको हत्या गरिएकाले विद्रोही समुहले अशान्ति मच्चाइरहेका छन् ।

संयुक्त राष्ट्र संघको प्रतिवेदनअनुसार चार सय जनाको मृत्यु भएका छन् भने दुई लाख जनालाई यस कसाइ क्षेत्रबाट अन्यत्र विस्थापित गराइसकेको जनाएको छ । कङ्गोका राष्ट्रपति जोसेफ मविलाको म्याद सकिन लागेको बेला राजनैतिक अस्थिरता भइरहेको छ । यो वर्ष कङ्गोमा चुनाव हुने भएका छन् तर मिति भने तोकिसकेको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....