प्रधानमन्त्री दाहालले आज चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्दै

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार १०:३९


काठमाण्डौ, चैत्र १४ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चीनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री दाहालले चीनको वेईजिङस्थित ग्रेट हल अफ दी पिपुलमा नेपाली समयअनुसार आज दिउसो पौने २ बजे राष्ट्रपति सीसँग भेटवार्ता हुने कार्यक्रम तय गरिएको बताईएको छ । करिब १५ मिनेट भेटवार्ता हुने जनाईएको छ ।

भेटमा चीनसँग ‘वान रोड वान बेल्ट’ सम्झौताको कार्यान्वयन र ओबिओआरप्रतिको नेपालको प्रतिबद्धताबारे छलफल हुने बताइएको छ । सो क्रममा दाहालले चीनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनेछन् ।

प्रधानमन्त्री दाहाल बेईजिङपछि चीनको स्वाशासित क्षेत्र तिब्बतको ल्हासा जाने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा तिब्बतका सरकार प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....