जापानमा हिम पहिरोमा परी छ जना विद्यार्थीको मृत्यु

एजेन्सी चैत्र १४ ।
जापानको टोकियो नजिकै नासु टोचिगि प्रान्तको शहरमा हिम पहिरोमा परी छ जना विद्यार्थीको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भइरहेको छ ।
सोमबार बिहान नासु टोचिगि प्रान्तकोे शहरमा रहेको स्की रिसोर्ट नजिकै छ जनाको शव फेला पारेको र अरू धेरै जना बेपत्ता भएको जापानका कायादो समाचार एजेन्सीले जनाएका छन् ।
घटना भएको समयमा शिक्षक र विद्यार्थी गरेर लगभग ७० जना जति रहेको र उनीहरूले हिमाल चढ्ने पाठ सिकीरहेका बेला हिम पहिरो गएर पुरिएको स्थानीय मिडियाले बताएका हुन् ।
मौसम खराबीका कारण खोजी कार्यमा कठिनाई भइरहेको जनाएको छ ।
प्रतिक्रिया