विवादका कारण रोकिएको आरआरको स्ववियु चुनाव आज हुँदै

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार ०८:४४


काठमाडौं, चैत्र १५ ।
काठमाडौंको आरआरमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार चैत्र १५ गते चुनावका लागि मिति तोकिएको हो । गएको फागुन २३ गते हुने भनिएको चुनाव विद्यार्थीहरूको आन्तरिक विवादका कारण हुन नसकेपछि आजका लागि चुनाव तय गरिएको हो ।

सर्वोच्चले चुनाव गर्न आदेश दिएपछि चुनावको मिति तोकिएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसले पूर्व प्रकाशित अन्तिम नामावलीमा समावेश विद्यार्थीलाई मतदानमा सहभागी हुन भनेको छ ।

निर्वाचनमा एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुने जनाएको छ ।

अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउद र क्रान्तिकारीबाट ध्रुबराज वाग्लेको समूह निर्वाचनमा भाग लिँदै छन् ।

त्यसैगरी, नयाँ शक्ति पार्टी, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन संयुक्त प्यानल बनाएर मैदानमा उत्रिएका छन् । आरआरमा करिब तीन हजार पाँच सयभन्दा बढी मतदाता रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....