अष्ट्रेलियामा शक्तिशाली आँधीबेहरी

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार १३:१७


काठमाडौं, चैत्र १५ ।
अष्ट्रेलियाको क्विन्जल्याण्डतर्फ २६३ किमि प्रति घण्टाको दरले अघि बढिरहेको एउटा शक्तिशाली आँधीबेहरीे नजिकैका टापुमा रहेको पर्यटकिय क्षेत्रमा प्रभाव पारेको छ ।

तटिय नगरहरूबाट २५ हजार भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र घरको ढोकामा बालुवाले भरिएका बोराले घेरेर राखिएका छन् । साथै झ्याल ढोकालाई सुरक्षित पारिएका छन् ।

क्विन्जल्याण्ड प्रान्तका सरकार प्रमुख एनसटेजा प्यालासेले ‘डेबी’ नामक उक्त साइक्लोन अर्थात आँधीलाई राक्षसको संज्ञा दिएकी छन् र आफ्नो राज्यले एउटा लामो र कठिन दिन खेपिरहेको बताएकी छन् ।

क्विन्जल्याण्ड पार गर्ने क्रममा उक्त साइक्लोनु क्याटेगोरी फोरको आँधीका रूपमा २ सय ८० किलोमिटर प्रतिघण्टा सम्मको वेगले अघि बढ्ने ठानिएको छ ।

अष्ट्रेलिया सरकारले कैयौँ दिनदेखि आपतकालीन योजना र सामूहिक उद्दार कार्य अघि बढाएर अष्ट्रेलियाली अधिकारीहरूले उक्त चक्रवातसँग जुध्ने पूर्व तयारी गरेका थिए ।

मौसम विज्ञकाअनुसार उक्त आँधीले कैयौँ घण्टासम्म भीषण वर्षा गराउने र ठूलो हुण्डरी ल्याउने भविष्यवाणी गरिएको छ । क्विन्जल्याण्ड राज्यमा थप प्रहरी र स्वास्थ्य अधिकारीहरू खटाइएका छन् ।

तर सर्वसाधारणलाई आपतकालीन उद्दारकर्ताहरूले सहयोगको प्रत्येक आग्रहमा प्रतिक्रिया जनाउन नसक्ने चेतावनी पनि दिइएको छ ।
अष्ट्रेलियाको एउटा कुनामा अवस्थित क्विन्जल्याण्ड साइक्लोनुले ल्याउने क्षतिबारे अभ्यस्त एवं जानकार छ ।

तर आँधीबेहरीसँग जुध्ने तयारी गरिरहँदा मानिसहरू तनावमा देखिएको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....