के तपाईं मोबाइल धेरैे प्रयोग गर्नुहुन्छ ? धेरै नगनुहोस्, पाइन्टको खल्तीमा त सकेसम्म नराख्नुस !

काठमाडौं, माघ ७ ।
जमाना यतिसम्म बदलिसक्यो कि अहिलेको परिबेशमा हामी मोबाइल बिनाको जिबन कल्पना पनि गर्न सक्दैनौ ।
दैनिक जीबनमा पानीको जति मोबाइलको आवश्यक भैरहेको छ, आजभोलि मोबाइल भएन भने मानिसलाई एक सेकेन्ड पनि बिताउन गार्हो हुन्छ । तर त्यहि मोबाइलको अत्यधिक प्रयोगले हामीलाई धेरै नै हानी पुर्याइरहेको हुन्छ । के असर गर्छ त, जान्नुहोस् :
– गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसँग असर गर्न सक्छ ।
– पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरूको बिकसित मस्तिष्कमा रेडियसनको धेरै नै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरूले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।
– मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरूको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउँछ ।
– फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।
– धातुका कोठाहरू जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।
– इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।
प्रतिक्रिया