लोहनी र विष्ट मिलेर भोलि ‘ए’ राप्रपाको औपचारिक पार्टी घोषणा

काठमाडौं, चैत्र १५ ।
केहि समयअघि मात्र एकता भएको राप्रपामा फेरी डा. प्रकाशचन्द्र लोहनीको पार्टी फुटेको छ । राप्रपा छाड्ने घोषणा गरेका लोहनीले केशरबहादुर विष्टसँग मिलेर भोलि औपचारिक रूपमा नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।
लोहनीकाअनुसार भोलि नै पार्टी दर्ता हुने र दिउँसो पार्टी गठनको घोषणा गरिने बताएका छन् । उक्त पार्टीको झण्डा र चुनाव चिन्ह हलो हुने बताइएको छ ।
समोवशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवाद’को नारा दिइएको उक्त पार्टीले सनातन हिन्दु राष्ट्र र एकताको प्रतिकका रूपमा संवैधानिक राजतन्त्रकै एजेण्डा बोक्ने जनाएको छ ।
प्रतिक्रिया