पेरुमा विमान अवतरण गर्ने क्रममा दुर्घटना, सबै यात्रुहरू सकुशल

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार १७:१०


एजेन्सी, चैत्र १६ ।
पेरुमा पेरुभियन एअरलाइन्सको एउटा विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । राजधानी लिमाबाट आन्तरिक उडान भर्दै पेरुको जुनिन प्रान्तको जाउजा विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परेको उक्त विमानले भुँइ छोइसकेपछि आगलागी भएकाले अग्नि नियन्त्रक दल तत्कालै त्यहाँ पुगेर उद्दार गर्न सफल रहेकाले विमानमा सवार सबै यात्रुहरू सकुशल रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

पेरुभियन एअरलाइन्सको उक्त बोइङ–७३७ विमानमा चालक दलका सदस्यसहित एक सय ४० जना यात्रु सवार रहेका पनि पेरुको एउटा दैनिक पत्रिका ‘एल कमर्सियो’ले उल्लेख गरेको छ ।

उक्त विमान मंगलबार स्थानीय समयअनुसार साँझ ५ बजे (नेपाली समयानुसार बुधबार बिहान सबेरै) जाउजा विमानस्थलमा अवतरण गर्न लागेको हो ।

घटना भइरहेको समयमै विमानस्थल परिसर बाहिरबाट कोही शोखिनदार व्यक्तिले खिचेको भिडियो क्यामेराले दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुँवाको मुस्लो उठिरहेको र यस धुँवाको मुस्लोले यात्रुमाझ ठूलो त्रास सिर्जना गरेको दृश्य देखाइएको थियो ।

के–कस्ता कारणले विमानमा आगलागी हुन पुगेको हो त्यसको सत्य तथ्य तत्काल खुल्न नसकेको पनि जनाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....