एक सय चालीस यात्रु सवार पेरुभियन एयरलाइन्सको विमानमा आगलागी

एजेन्सी, चैत्र १७ ।
राजधानी लिमाबाट आन्तरिक उडान भर्दै पेरुको जुनिन प्रान्तको जाउजा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको पेरुभियन एयरलाइन्सको बोइङ्ग–७३७ विमानमा चालक दलका सदस्यसहित एक सय चालीस जना यात्रु सवार रहको एउटा विमान दुर्घटनाग्रस्त भएको छ ।
विमान अवतरण भईसकेपछि आगलागी भएकाले आगो निभाउन सफल भएको हो । विमानमा सवार सबै यात्रुहरू सकुशल रहेको पनि स्थानीय सञ्चार माध्यहरूले जनाएका छन् ।
उक्त विमान गतः मङ्गलबार स्थानीय समयाअनुसार साँझ ५ बजे जाउजा विमानस्थलमा अवतरण गर्न लागेको थियो । दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुवाँको मुस्लोका कारण यात्रुहरू धेरै त्रासमा रहेको दृश्य देख्न देखाएको थियो । विमानमा के कारणले आगलागी भयो भन्ने सत्य तथ्य तत्काल खुल्न नसकेको जनाएको छ ।
प्रतिक्रिया