प्रधानमन्त्री दाहाल मधेशी मोर्चाका नेताहरूसँग छलफल गर्दै, सहमति अन्यौलमै

काठमाडौं, चैत्र १८ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज मधेशी मोर्चासँग छलफल गर्दैछन् । संविधान संशोधनका विषयमा कार्यदलले तयार गरेको संशोधन प्रस्तावका आधारमा आज मधेशी मोर्चासँग छलफल हुनेछ । विवादित सीमांकनको विषपपछि बन्ने संघीय आयोगलाई जिम्मा दिने गरी छाड्न र बाँकी तीन वटा विषयमा मोटामोटी सहमति भएको कार्यदलले जनाएको छ ।
भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय तत्काल संशोधन गरी स्थानीय निर्वाचनमा जाने सहमति कार्यदलभित्र जुटेको हो । यसरी जुटाएको सहमतिमा कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई पनि जानकारी गराउँदै उसँग पनि सहमतिको प्रयास खोजेको छ ।
कांग्रेस–माओवादीले सीमांकनपछि संशोधन गर्ने गरी सहमत हुन आग्रह गरेपछि मोर्चाले सकारात्मक हुन एक पूर्व शर्त अघि सारेको छ । संविधानको धारा २७४ को उपधारा ४, ५, ६ र ७ अहिले नै संशोधन गर्ने र संवैधानिक आयोगलाई स्पष्ट कार्यादेश दिने र पछि त्यो टीओआर र आयोगको प्रतिवेदन चलाउन नपाउने उल्लेख छ ।
प्रतिक्रिया