दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गुयन–हेई प्रहरी हिरासतमा

एजेन्सी, चैत्र १८ ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गुयन–हेईलाई भ्रष्टाचारको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।
पूर्वराष्ट्रपति हेईले आफू पदमा रहँदा आफ्ना निकट साथी चाई सुन सीलसँग मिलेर विभिन्न कम्पनीहरूबाट मोटो रकम लिएको ठहर गर्दै छानबिन गर्न अदालतले पक्राउ गर्न आदेश दिएको कोरियाली समाचार एजेन्सीले जनाएको छ ।
६५ वर्षीय हेईलाई पक्राउ गरेपछि राजधानी सिओलको दक्षिणी भागमा रहेको कारागारमा सुरक्षित राखिएको छ । उनीभन्दा अघि दुई जना दक्षिण कोरियामा पूर्वराष्ट्रपति भ्रष्टाचारको अभियोगमा पक्राउ परिसकेका छन् ।
उनलाई आफ्ना निकट साथी चाई सुन सीलसँग भ्रष्टाचार अभियोगमा मुछिएपछि हेईविरुद्ध संसद्ले महाअभियोग लगाएर राष्ट्रपति पदबाट बर्खास्तसमेत गरेका छन् ।
उनले पदमा रहँदा संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानून उल्लंघन गरेको पनि अदालतले दाबी गरेको छ ।हेई र चाईले भने कोरियाली संसद्ले लगाइएको आरोपको उनीहरूले खण्डन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया