संविधान कार्यान्वयनका लागि स्थानीय चुनाव अपरिहार्य : उपप्रम थापा

काठमाडौं, चैत्र १८ ।
उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले आउँदो बैशाख ३१ गते हुने स्थानीय चुनाव हरसम्भव सफल गरी संविधान कार्यान्वयन गर्न सबै दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं महानगरपालिकाद्वारा आज आयोजित काठमाडौं ३ नं. प्रदेश तत्काल सुधारको कार्ययोजना–२०७३ सार्वजनिक गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री थापाले काठमाडौंबासीहरूको विभिन्न समस्यालाई सरकारले मनन् गरेको बताउँदै ती समस्याहरू समाधान गर्न सरकार तत्परताका साथ लागिपरेको बताए ।
सोही कार्यक्रममा काठमाडौं ३ नं. प्रदेशको तत्काल सुधारका कार्ययोजना २०७३ को विस्तृत प्रस्तुतिकरणसमेत पेश गरिएको छ ।
प्रतिक्रिया